NewsVideos

युट्युबरको टोलीले ममाथि दु’र्ब्यबहार गर्यो भन्दै , पुष्पा लाईभमा आइन (भिडियो)

‘बच्चा भेटिएको सबै नाटक रहेछ, भाग्य न्यौपाने पुगेर गरे पर्दाफास’ यो शीर्षकको भिडियो बुधबार बिहान युट्युबको नेपाल ट्रेन्डिङमा रह्यो

१९ लाख सब्स्क्राइबर रहेको ‘तातात्तो खबर’ नामक युट्युब च्यानलबाट यो भिडियो मंगलबार बिहान पोष्ट भएलगत्तै फेसबुकमा समेत भाइरल भएको थियो । टाइटलबाटै अनुमान लगाउन सकिन्छ, भिडियोको विषयवस्तु ।

भिडियो बनाउने युट्युबरको नाम टाइटलमै देख्दा धेरैलाई आश्चर्य नलाग्ला, किनकि यो शैली नेपालमा नयाँ होइन । पत्रकारिता बुझेका तर नेपाली युट्युबकारितालाई नबुझेकाहरुलाई भने यो शैली पचाउन गाह्रो हुन सक्छ ।

टाइटलले दुईवटा कुरा बोलेको छ । प्रहरीले निस्कर्ष निकालिनसकेको वा निकाल्न नसकेको कुरालाई टाइटलमै ठोकुवा गरिएको छ । र, त्यसको आफूले ‘पर्दाफास’ गरिदिएको भनेर युट्युबरले सगर्व घोषणा गरेका छन् ।

केही दिनअघि कपनमा तीन महिनाको एक बच्चा फेला परेका थिए । एक बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले उक्त बच्चालाई ‘उपहारको नाटक’ गरिन् । त्यहाँ प्रहरीभन्दा पहिले युट्युबर पुगे, वा बोलाइए । यसरी पुग्नेमध्येका एक थिए भाग्य न्यौपाने ।

(यो भिडियो हेरौ)

Related Articles

Back to top button
Close