International News

चीनमा फैलियो फेरि नयाँ भाइरस, ६० संक्रमित, ७ को मृत्यु

काठमाडौँ। चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरू भएको कोरोनाभाइरस संक्रमणको त्रास विश्वभर रहिरहेको छ । कोरोनाविरुद्धको खोपको तयारीमा वैज्ञानिक जुटिरहँदा विश्वभरका नेता र जनता कसरी ज्यान सुरक्षित राख्न सकिन्छ भनेर उपाय अवलम्बन गरिरहेको छन् । तर, यस त्रासकाबीच चीनमा फेरि नयाँ भाइरसको संक्रमण फैलिन सुरु भएको छ ।

पूर्वी चीनको जियाङसु प्रान्तमा पछिल्लो ६ महिनाको अन्तरालमा एसएफटीएस भाइरसबाट ३७ जना भन्दा बढी संक्रमित भएका छन् । यसैगरी, पूर्वी चीनको अनहुई प्रान्तमा पनि यस भाइरसबाट २३ जना संक्रमित भेटिएको बुधबार चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्।

ग्लोबल टाइम्सका अनुसार यो भाइरसले पूर्वी चीनको अनहुई र झेजियांग प्रान्तमा अहिले फेरि कम्तिमा सात मानिसहरुको मृत्यु भइसकेको छ भने ६० भन्दा बढी मानिसहरु संक्रमित भएका छन् ।

यद्यपि, एसएफटीएस भाइरस नयाँ होइन। भाइरस सन् २०११ मा पहिलो पटक चीनमा पत्ता लागेको थियो। भाइरोलोजिस्टकाअनुसार यो भाइरस जनावरहरुमा पाइने किर्नाको माध्यमबाट संक्रमण हुन्छ र मानिसमा फैलिन सक्छ।

Related Articles

Back to top button
Close