Lockdown News

राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक

काठमाडौं । सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले काठमाडौं उपत्यकासहित २ सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा लागू हुने गरी यो निर्णय गरिएको बताए । उनले भने, ‘अत्यावश्यक सेवामा भने यो निर्णय लागू हुने छैन ।’सरकारले बिहीबारदेखि दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर-बिजोर प्रणाली लागू गर्ने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार काठमाडौं उपत्यका र दुई सय भन्दा बढी संक्रिय कोरोना संक्रमित भएका जिल्लामा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय भएको हो ।

‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारी साधन भोलि मिति २०७७ ४ २२ गतेदेखि लागुहुने गरी जोर–बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गरिने छ ।

Related Articles

Back to top button
Close