फिल्टर राखिएकाे मास्क नलगाउन चे’तावनी
काठमाडौं, विश्वका धेरै ठाउँमा फि’ल्टरवाला मास्क नलगाउन चे’तावनी दिन थालिएको छ। यसै क्रममा अस्ट्रेलियाको भिक्टोरिया राज्यका प्रमुख स्वास्थ्य अधिकारीले आफ्ना नागरिकलाई फि’ल्टरवाला मास्क नलगाउन चे’तावनी दिएका छन्।
किनभने फिल्टर राखिएकाे (माथि तस्बिरमा हेर्नुहोस्) मास्कबाट अरूलाई कोरोना भाइरस स’र्ने ख’तरा रहन्छ। प्राध्यापक ब्रेट सटनले ट्विट गर्दै ‘त्यस्तो (फिल्टर राखिएको) मास्कले आफूमा भएको कोरोना भाइरस बाहिर फा’ल्ने बताएका छन्।
उनले भनेका छन्, ‘त्यस्तो मास्कले तपाईं (लगाउने व्यक्ति) लाई त सु’रक्षित राख्न सक्छ तर तपाईंलाई संक्रमण छ भने अर्काे व्यक्तिमा भाइरस जानबाट त्यसले रो’क्दैन।’ फास्ट कम्पनीका अनुसार सुरुमा त्यस्तो मास्क कारखाना र को’इला खानीमा काम गर्दा लगाउने उद्देश्यले बनाइएको थियो।
त्यो मास्कमा फिल्टर राख्नुको अर्थ लगाउने व्यक्तिलाई सास फे’र्न सजिलो होस् तथा लामो समयसम्म लगाउन सकियोस् अनि धुलो पनि छे’कियोस् भनेर हो। तर त्यसले लगाउने व्यक्तिमा भाइरस छ भने बाहिर निस्किने र अरूलाई सा’र्ने विज्ञको भनाइ छ। बीबीसी