International News

लेबनानको बेरुतमा शक्तिशाली विस्फोट हुँदा अकालमा ७८ जनाले गुमाए ज्यान, ४ हजार बढी घाइते

एजेन्सी-मंगलबार साँझ लेबनानको बेरुतमा शक्तिशाली विस्फोट भएको छ । अन्तराष्ट्रिय मिडियाका अनुसार बिस्फोटमा परी दर्जनौंको मृत्यु भएको र हजारौं व्यक्ति घाइते भएका छन् ।बिस्फोटबाट ठूलो जनधनको क्षती भएपछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् । गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण विस्फोट भएको दाबी गरिएको छ ।

सन् २०१४ देखि एउटा गोदाममा विस्फोटक पदार्थ एमोनियम नाइट्रेट राखिएको बताइएको छ । उक्त विस्फोट बेरुतको बन्दरगाह क्षेत्रमा भएको हो । पहिलो विस्फोट भएको केही समयमा दोस्रो विस्फोट पनि भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।

लेबनान सरकारले राहत र उद्धारका लागि तत्काल एक सय अर्ब लिरा९करिब ८ अर्ब नेपाली रुपैयाँ० को प्याकेज घोषणा गर्ने बताएको छ । लेबनानको सर्वोच्च अदालतको डिफेन्स काउन्सिलले दोषीहरुलाई कडा सजाय हुने बताएको छ । शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

Related Articles

Back to top button
Close