Lockdown News

भोलि साउन २० देखि २६ गते सम्म छ दिनका लागि यो… जिल्ला मा निषेधाज्ञा को घोषणा !!

सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्ला भरि स्थानीय प्रशासनले भोलि साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समितिको आज बुसेको बैठकबाट सो निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्ला भरिमा हाल सम्म ५३१ जनामा कोरोना सङ्क्र मण भेटिएपछि राजविराज सहित सप्तरी जिल्ला भरि भोलि बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जानकारी दिनुभयो । जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम निषेधाज्ञा जारी गरिएको निषेधित क्षेत्रमा अत्यावश्यक काम बाहेकका सम्पूर्ण आवत जावत, सवारी साधन, पसल बन्द रहने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो

यो पनि
काठमाडौंमा सोमवार संक्रमितको डरलाग्दो तथ्याकं, डब्लुएचओ नेपालले गर्यो यस्तो आग्रह

काठमाडौं । काठमाडौ उपत्यकामा सोमवार पनि ठूलो मात्रामा कोरोना संक्र मित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार काठमाडौं उपत्यकामा थप ५१ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा जिल्लामा ४३ जना संक्र मित थपिएका छन्।

केन्द्रीय प्रयोगशाला टेकु, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी कोरोना अस्पताल, स्टार अस्पताल लगायतका स्थानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। ललितपुरमा ३ र भक्तपुरमा ५ जना थपिएका छन्। यो सँगै काठमाडौं मा ४९३, ललितपुरमा १०८ र भक्तपुरमा ६४ व्यक्तिमा को रोना भएको छ।

Related Articles

Back to top button
Close