Corona (COVID-19) Updates

एकाबिहानै सेना, प्रहरी र पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टी, आजदेखी जिल्लाभरी कर्फ्यू घोषणा !

प्रतीकात्मक तस्वीर कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ बनेको पर्सामा पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा ६१ जना पुरूष र १२ जना महिला रहेका नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिएका छन् । संक्रमित हुनेमा १० वर्षकी बालिकादेखि ६७ वर्षकी वृद्ध महिला समेत रहेका छन् ।

संक्रमित र मृतकको संख्या बढ्दै गएपछि पर्सामा आजदेखि जिल्लाभरी नै निषेधाज्ञा जारी गरिएको छ । साउन १० गतेदेखि वीरगञ्ज महानगर क्षेत्रभित्र मात्रै जारी गरिएको निषेधाज्ञा विस्तार गरिएको हो ।

आइतबार राति संक्रमण पुष्टि भएका ७३ मा मास ट्रेसिङ, एक घर एक परीक्षण र कन्ट्रयाक्ट ट्रेसिङमा परेका रहेका छन् । मास ट्रेसिङमा पिसिआर जाँच गराएका २६ जना, एक घर एक परीक्षण जाँच गराएका ७ जना र कन्ट्रयाक्ट ट्रेसिङमा परेका २५ जना रहेको मेसु उपाध्यायले जानकारी दिएका छन् ।

Related Articles

Back to top button
Close