Corona (COVID-19) Updates

‘६० वर्षमाथिका र १२ वर्षमुनिका व्यक्ति घरबाट बाहिर ननिस्कनू’

काठमाण्डाै – सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट ननिस्कन आग्रह गरेको छ ।कोरोना भाइरसकाे सङ्क्रमण दर बढिरहेकोले कोरोनाको उच्च जोखिम रहने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिक र १२ वर्षमुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाण्डौ तथा काठमाण्डौ जस्तै बसोबास बढी भएका क्षेत्रमा जोखिममा पर्ने उमेर समूहका मानिसलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको बताउनुभयो ।

आइतबार नेपालमा दुई सय २४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । यस्तै गएको २४ घण्टामा एक सय ११ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको सङ्ख्या १४ हजार ६ सय तीन पुगेको छ ।
यो पनि
कोरोनाको जोखिममा बैंकमा भीड

पोखरा : कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा पोखराको सृजनाचोक स्थित नेपाल एसबिआइ बैंकमा पेन्सन लिनेको भीड लागेको छ। भूतपूर्व गोर्खा सैनिक र उनीहरुका आफन्त एसबिआइ बैंकमा आइतबार पेन्सन लिन पुगेकोले भीड लागेको हो।

भारतीय सेनामा कार्यरत भूतपूर्व सैनिकको पेन्सन नेपाल एसबिआइ बैंक लिमिटेडमा राखिदिने गरेको भूतपूर्व गोर्खा सैनिक डोलबहादुर गुरुङले बताए। अंग्रेजी महिनाको अन्तिममा पेन्सन राखिदिने भएकोले अंग्रेजी महिनाको १ तारिखदेखि एक हप्तासम्म पेन्सेन लिनेको भीड लाग्ने उनले सुनाए। ‘खर्च चलाउनु पर्‍यो। अहिले अब चाडबाड नजिक आउन थाल्यो। त्यसैले पनि जोखिमका बिच पेन्सन लिन आएको हो’, उनले सुनाए।

Related Articles

Back to top button
Close