News

बिना चेकजाँच भारतीय गाडीलाई काठमाडाैँ सम्म आउन दिने निर्णय

१६ साउन, काठमाडाैँ – फलफूल तथा थोक व्यवसायी संघले भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको छ ।

संघले बिहीबार भारतबाट फलफूल ढुवानी गर्ने ट्रकलाई चेकजाँच नगरी कुलेश्वरसम्म आउन दिने निर्णय गरेको हो ।भारतबाट फलफुल लिएर आउने ट्रक आइतबारदेखि कुलेश्वरमा रहेको फलफूल गोदामसम्म बिना रोकतोक प्रवेश गर्न सक्ने निर्णय संघले गरेको छ ।

भारतीय नम्बरको मालवाहक ट्रक सिधै कुलेश्वर आउँदा त्यसमा चालक, सहचालक, एजेन्ट समेत आउन पाउने निर्णय भएको छ । यदि कोरोना भाइरसले विषम परिस्थिति सिर्जना गरेका यो निर्णय रद्द गर्ने समेत संघले जनाएको छ ।

Related Articles

Back to top button
Close