Lockdown News

कोरोनाको जो.खिम बढेपछि सरकारले गर्यो आज राती देखी भदौ १ गते सम्म फेरि लकडाउन को घोषणा

विराटनगर-विराटनगर महानगरपालिकामा पुनः लकडाउन सुरु गरिएको छ । कोरोना सङ्क्रमणको जो’खिम बढेपछि महानगरपालिकामा बसेको महानगरस्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट समितिको बैठकले आज राति १२ बजेदेखि भदौ १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

अत्यावश्यकबाहेक सबै क्षेत्र ब’न्द रहने तथा खाद्या’न्नस’हित दूध, तरकारीजन्य वस्तुको लागिसमेत समय तालिका तोकिने बताइएको छ । विराटनगर महानगरपालिकामा ट्राभल हिस्ट्री नभएका तर लक्ष’णसहितका कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदैगएपछि महानगरले यस्तो निर्णय गरेको हो ।

महानगरमा यसपछाडि निजी अस्पताल तथा नर्सिङ होममा स’ङ्क्रमितहरू फेला परे उनीहरूले त्यही अस्पतालमा उपचारका लागि व्यवस्थापन गर्नुपर्ने निर्णय गरेको छ ।

यो पनि

विश्वकै लामो भनेर दावी गरिएको बाग्लुङ-पाङ जोड्ने झोलुङ्गे पुल आजदेखी सञ्चालनमा

बाग्लुङ-पाङ जोड्ने झोलुङ्गे पुल आजबाट सर्वसाधारणका लागि खुला भएको छ । विश्वकै लामो भनेर दावी गरिएको पुल बाग्लुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोडिएको छ ।

साढे तीन महिना अघि नै निर्माण पूरा भएको नेपालकै लामो पूल कोरोना महामारीका कारण हस्तान्तरण हुन सकेको थिएन । पुल हस्तान्तरण नभए पनि सर्वसाधारणका लागि आजबाट खुला गरिएको बताइएको छ ।

Related Articles

Back to top button
Close