News

माघ १ गते ‘माघे संक्रान्ति’ मा सार्वजनिक बिदा

गण्डकी प्रदेश सरकारले माघे संक्रान्ति <माघ १ गते> दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्वको अवसरमा सरकारले बिदाको घो’षणा गरेको हो ।किराँतहरुले यसलाई नयाँ वर्षको रुपमा मनाउँछन् भने थारु र मगर समुदायले माघी पर्वको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै आएका छन् ।

सरकारले अघिल्लो वर्ष पनि यो प्रदेशमा माघे संक्रान्तिको बिदा दिएको थियो । पृथ्वी जयन्तीको दिन पुस २७ गते बिदा दिन आ’ग्रह गरे पनि गण्डकी सरकारले त्यस’बारे कुनै निर्णय गरेको छैन। गोरखा नगरपालिका र नुवाकोटको विदुर नगरपालिकाले पृथ्वीजयन्तीको बिदासहित विभिन्न कार्यक्रम घो’षणा गरिसकेको छ। हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् ।

त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् । नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

Related Articles

Back to top button
Close