Corona (COVID-19) Updates

कोरोनाबाट जगदम्बा इन्टरप्राइजेजका सीईओसहित पर्सामा एकै दिन तीन जनाको मृ`त्यु

पर्सा । कोरोना भाइरस संक्रमणका कारण जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को ज्यान गएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृ`त्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी भारतीय नागरिक हुन् ।

उनी लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित रहेको कोरोना अस्पतालका इञ्चार्ज डा। निरजकुमार सिंहले जानकारी दिएका छन् । उनको केही समय अघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।

‘उनी मुटुरोगी थिए, मु`टुको बाइपास सर्जरी भइसकेको थियो,’ डा।सिंहले भने, ‘बिहीबार शरीरमा अक्सिजन कम भएपछि भेन्टिलेटरमा राखेका थियौं, राति साढे ११ बजे उनको मृ`त्यु भयो ।’

मंगलबार ज्वरो र श्वास प्रश्वासको समस्या भएर आएका उनलाई आकस्मिक कक्षमा भर्ना गरी स्वाब परीक्षणका लागि पठाइएको थियो । ती युवक ज्वरो आएपछि गत साउन ५ मा एक निजी क्लिनिकमा पुगेका थिए । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटल गएका उनलाई त्यसै दिन कोरोना अस्पतालमा रेफर गरिएको थियो । मृत्युपछि बिहीबार राति उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको डा।सिंहले बताए ।

‘संक्रमितमध्ये पाँच जनाको अवस्था गम्भीर छ, उनीहरुको आइसियुमा उपचार भइरहेको छ,’ उनले भने । यसअघिका संक्रमितमा लक्षण नदेखिए पनि साउन लागेपछि भर्ना भएका बिरामीमा लक्षण देखिन थालेको उपाध्यायले बताएका छन् । साउनयता पर्सामा कोरोना संक्रमणले १० जनाको मृ त्यु भइसकेको छ । यो सँगै नेपालमा कोरोना भाइरस बाट मृ त्यु हुनेको संख्या ५५ पुगेको छ ।

Related Articles

Back to top button
Close