Lockdown News

कोरोनाको जोखिम बढेपछि साउन १८ गते देखि फेरी काठमाण्डौमा लागु हुने भयो यस्तो नियम (बिज्ञप्तिसहित)

लकडाउन अन्त्य भएसंगै काठमाडौं उपत्यकामा कोरोनाको खतरा बढेको छ । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लामो समयदेखिको लकडाउन खुलेपछि सर्वसाधारणको एकै पटक चहल पहल बढ्दा कोरोनाको जोखिम पनि बढेको को । अन्य जिल्लावाट भित्रनेको संख्या पनि उत्तिकै छ । काठमाडौंमा कोरोनाको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम बनाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नयाँ नियम साउन १८ गतेदेखी लागू हुने गरी ल्याएको हो । नयाँ नियम अनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्। बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।

शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र कानुनबमोजिम हुने मुद्दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनिबारबाहेक कार्यालय खुल्नेछ ।

प्रशासन कार्यालयले भीडभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घटबढ गरिने जनाएको छ । तोकिएका बार मिलाएर मात्र सम्बन्धित सेवाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।

Related Articles

Back to top button
Close