News

बचाउ भनेर चिच्याएपछि बचाउँन जाँदा २० र २३ वर्षका दुई युवाले गु माए ज्यान

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–५, वडगाउँका २० वर्षीय अनिल घर्तीमा साउन ७ गते छुट्टै उमंग थियो । अन्य दिनभन्दा सवेरै उठेर उनले गाउँ चहारे । सुतेउनको योजना थियो– स्यार्पुतालमा माछा मार्न जाने । वर्षाको समयमा बिहान धेरै माछा मार्न सकिन्छ । यसैले पनि अनिल साथीहरुलाई छिटो गर्न भनिरहेका थिए । १२/१५ जना साथीहरु भेला भएपछि झोलामा रोटी बोकेर माछा मार्न स्यार्पुतालको ५ नम्बर वडातर्फको क्षेत्रमा पुगे । स्यार्पुतालमा मिसिने खारखोलामा माछाका आहारा किरा खोज्ने र त्यही तालमा खोला मिसिएको ठाउँ आसपास माछा मार्ने योजनामा अनिल र उनका साथीहरु त्यहाँ पुगेका थिए ।

तर, न त्यहाँ मारिएका माछा उनीहरुले खान पाए, न घरसम्म ल्याउन पाए । खान भनि घरबाट लगेका रोटीसमेत खान पाएनन् । बिहान उमंगमा गएको छोरालाई परिवारले देख्नसमेत पाएनन् । अनिल एक्लो छोरा थिए घरका । बाबु ७० वर्ष पुगेका छन्, तीनजना दिदीबहिनी । आमा सानो उमेर छँदै बितिन् । परिवारका सबै सदस्य विक्षिप्त छन् । अनिलसँगै माछा मार्न गएका अर्जुन भनेर चिनिने २३ वर्षीय लोकबहादुर घर्तीको घरमा पनि उस्तै बज्रपात परेको छ ।का साथीलाई उठाए । उनीहरुलाई तयार हुन भने । उनी आफू पहिल्यै तयार भइसकेका थिए ।

डेढ वर्षीय छोराका बाबु लोकबहादुर त माछा मार्न भनी हिँडिसकेपछि बाटैबाट फर्केर समेत आएका थिए । तर, फेरि साथीभाईको सल्लाहमा गएका थिए । घर आएर उनले श्रीमतीलाई ‘आज जाँगर लागेन, जान्न’ पनि भनेका थिए । पछि फेरि साथीभाईको आग्रहमा फेरि स्यार्पुताल हिँडेका थिए । दोहोर्‍याएर गएका उनी आखिरीमा फर्केरै आएनन् ।

२० वर्षीय अनिल र २३ वर्षीय लोकबहादुर दाजुभाइका छोरा हुन् । उनीहरुसँगै माछा मार्न गएका साथीहरुका अनुसार त्यस दिन स्यार्पुताल पुगेपछि कोही बल्छी थापेर माछा मार्न थाले त कोही माछाका आहारा खोज्न थाले । स्यार्पुतालमा मिसिने खारखोला वरपर पाइने किरा माछाले खाने भएकाले उनीहरु किरा र गड्यौला खोज्न थाले । कोही तालमा पौडी खेल्न थाले ।

उनीहरुसँगै गएका गाउँकै १५ वर्षीय बालक कमल तालमा पौडी खेलिरहेका थिए । पौडी खेलिरहेका कमल एक्कासी ‘मलाई गाह्रो भयो’ भनेर कराउन थाले । उनी चिच्याएको सुनेर अनिल तालमा पसे । अनिलले कमललाई तानेर तालको किनारतिर ल्याउँदै शशी पुनलाई जिम्मा लगाए । कमललाई तानेर शशी तालबाट निस्किए । तर, अनिल भने निस्किन सकेनन् ।

अनिलले आफूलाई ‘असजिलो भएको’ भन्दै बचाउ भनेर चिच्याएपछि लोकबहादुर अनिललाई बचाउन तालमै मिसिने खोलामा पसे । खोलासँगै उनी तालमा त पुगे तर अनिललाई भेट्टाउन सकेनन् । धेरैबेर लोकबहादुरले अनिललाई खोजे । तर, न लोकबहादुरले अनिलको उद्दार गर्न सके न आफू नै बाहिर आउन सके । अनिललाई खोज्ने क्रममै लोकबहादुरको पनि ज्यान गयो । लोकबहादुरको शव डुबेको दिन ७ गते नै भेटिएको थियो । ८ गते पोष्टमार्टमपछि उनको दाहसंस्कार गरिएको थियो । अनिलको शव १० गते भेटियो । त्यसै दिन पोष्टमार्टमपछि ११ गते उनको दाहसंस्कार गरियो ।

यी दुवै युवा पौडी खेल्न जान्ने र पहिले पनि स्यार्पुतालमा पौडी खेलिसकेका हुन् । तालको ३ नम्बरतर्फबाट पौडिएर ५ नम्बर वडासम्म पुग्न सक्थे उनीहरु । यो दूरी अन्दाजी ४ देखि देखि ५ सय मिटर मानिन्छ । ‘त्यो दिन के भयो भयो,’ सँगै पौडी खेल्न गएका र कमलको उद्धारमा अनिललाई सघाएका शशी पुनले भने, ‘अहिलेसम्म म राम्ररी सोच्न, बोल्न सकिरहेको छैन ।’ अनिल र लोकबहादुर फरक–फरक कारणले डुबेको हुनसक्ने बुझाई उनको छ ।

कमललाई उद्दार गर्ने बेलादेखि पौडी खेलिरहेको हुनाले हातखुट्टा गलेर, थाकेर अनिलले असजिलो मानेको हुनसक्ने उनको अनुमान छ । अनिल डुबेको देखेर आत्तिएर खोलाबाट तालमा हाम्फालेका लोकबहादुर आत्तिएकै कारण समस्यामा परेको हुनसक्ने उनी बताउँछन् । आत्तिएर पानीमा हाम्फाल्दा पानी खाने संभावना हुने र त्यसो हुँदा पौडीखेल्न जान्ने मान्छे पनि डुब्नसक्ने उनी बताउँछन् ।

‘म कमललाई उद्दार गरेर बाहिर निस्कनै लाग्दा बाहिर रहेको एकजना अंकलले, दुवै डुबे भन्नुभयो, पछि फर्केर हेर्दा दुवैलाई देखिनँ,’ उनले भने । अनिल र शशी मिलेर कमलको उद्दार गरेका थिए । शशीले कमललाई ताल बाहिरसम्म पुर्‍याउँदै गर्दा अनिलले पनि आफू असजिलोमा परेकाले बचाउनका लागि लोकबहादुरलाई बोलाएका थिए । त्यतिबेलासम्म लोकबहादुर माछा मारिरहेका थिए । शशीका अनुसार खारखोला मिसिएको र पानी बगिरहेको ठाउँमा नै उनीहरु डुबेका हुन् । लोकबहादुर डुबेको डेढ घण्टामा उनको शव भेटिएको थियो ।

Related Articles

Back to top button
Close