News

पारस पुत्र हृदयेन्द्र शाहको आज जन्मदिन, कति वर्ष लागे ?

काठमाडौं । पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहका पुत्र हृदयेन्द्र शाहको आज जन्मदिन परेको छ । उनी २०५८ साउन १४ गते काठमाडौंमा जन्मेका हुन् । आज उनले आफ्नो १९ औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा उनकी दिदी पुर्णिका शाहले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छिन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर शेयर गर्दै लेखेकी छिन् – बाँध्छन् जो अरु, त्यो स्वयं अघि सरी फुस्काइदिन्छौ तिमी
राख्छन् जो अरु, मुक्तहस्त बनि त्यै बाँडेर दिन्छौ तिमी
कस्तो यो छ विचित्र विश्वभरमा आश्चर्य लाग्ने कथा
नेपाली ईतिहास राख्छ सुनमा लेखेर तिम्रो कथा।।????????

स्वस्त्यस्तु ते कुशलमस्तु चिरायुरस्तु।
गोहस्तिवाजिधनधान्यसमृद्धिरस्तु।
ऐश्वर्यमस्तु विजयोऽस्तु रिपुक्षयोऽस्तु
कल्याणमस्तु सततं हरिभक्तिरस्तु।।????????
इश्वर: सदा त्वां च रक्षतु।
#शुभजन्मोत्सव२०७७????????????

Related Articles

Back to top button
Close