News

एक्कासी आएको बाढीले अमृत, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषालाई बगायो

भोजपुर । भोजपुरमा मंगलबार बाढीले घर बगाउँदा ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटना े षडानन्द नगरपालिका–२ कुदाकाउलेमा घटेको हो । बाढीले बगाउँदा स्थानीय अमृत घले, उनकी श्रीमती अनिशा र १८ महिनाकी छोरी आयुषा घाइते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाले ओएस नेपाललाई जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रदीप लामाका अनुसार आज बिहान चिर्खुवा खोलामा आएको बाढीले घलेको एकतले घरसहित पसलसमेत बगेको छ । घाइते तीनै जनालाई उपचारका लागि दिङला ल्याइएको बताइएको छ । यसैबिच झापाको शिवसताक्षी नगरपालिका–४ र गौरीगन्ज गाउँपालिका–१ को सिमाना विश्वडुब्बा बस्तीको बाँध मंगलबार बिहान भत्किदा का ३० परिवार डुबानको उच्च जोखिममा परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार कन्काई नदीले ९ दिनयता तीन स्थानमा तटबन्ध भत्काइसकेको छ भने ९ स्थानका बाँधमा क्षति पुर्‍याएका बेला बाँध नै भत्एिपछि अर्को विपत आइपरेको हो ।बाँध भत्किएसँगै तटबन्धको करिब ३ सय ५० मिटर क्षेत्र कटान गरी कन्काई बस्तीतर्फ मोडिएपछि अहिले बस्ती नै जोखिममा परेको छ । प्रशासनले बाँध रोकथामको प्रयास गरिरहेको भएता पनि अविरल वर्षासँगै कन्काईमा आएको बाढीका कारण कटान भइरहेको डीएसपी राकेश थापाले बताए ।

त्यस्तै दोलखाको सिङ्गटीमा घरमाथिबाट आएको ढुङ्गाले लागेर आज एक महिलाको निधन भएको छ । जिल्लाको विगु गाउँपालिका–४ सिङ्गटी निवासी ३५ वर्षीया रेणु थामीको ढुङ्गाले लागेर निधन भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घरमा नै काम गरिरहेकी थामीलाई घरमाथि पाखाबाट लडेर आएको ढुङ्गाले लागेको थियो । उद्धार गरी उपचारको लागि अस्पताल पठाउने क्रममा उनको बाटोमा नै निधन भएको प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । पाँच सय मिटर माथिबाट आएको ढुङ्गाले लागेर थामीको टाउको खट्टामा गहिरो चोट लागेको थियो ।

Related Articles

Back to top button
Close