News

दार्चुलामा पहिरोले घर पुरिँदा दुईको मृ`त्यु

दार्चुला- दुहुँ गाउँपालिका–३ सल्लीमा पहिरोले घर पुरिँदा दम्पतीको मृ`त्यु भएको छ ।

आज घरमाथिबाट पहिरो खस्दा घरभित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रादेवी जोशीको मृ`त्यु भएको हो । छोरा २१ वर्षीय सुनिल जोशी भने भागेर बाँचेका छन् ।

दार्चुला–तिङ्कर सडक भत्किएपछि घरमाथि पहि`रो गएको थियो । सडकभन्दा मुनि घर भएका जो`शीको घर पूरै पहिरोले ढाकेको छ । दुवैको शवलाई घरभित्रबाट झण्डै १२ घण्टा पछि निकालिएको वडा नम्बर ३ का वडाध्यक्ष लालबहादुर बमले बताए । पहिरोले पूरै घर पुरिएका कारण दुवैको शवलाई बाहिर निकाल्न समय लागेको उनले बताए ।

जिल्लामा सोमबारदेखि निरन्तर वर्षा भएपछि पहिरो खसेको थियो । पहिरोले घर पुरिएको खबर आएलगत्तै प्रहरी चौकी ब्रह्मदेव र जिल्ला बाट प्रहरी निरीक्षक भाष्कर चन्द नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।

पहिराले पुरिएर जोशीकै घरमा रहेको एक भैँसी र चार वटा बा`ख्रा पुरिएका छन् । पहिरो पन्छ्याउन स्थानीयले सक्रिय सहयोग गरेका थिए । जिल्लामा असार १५ यता बाढी र पहिरोमा परी नौ जनाले ज्यान गुमाएका छन् ।

जसमा दुहुँ गाउँपालिकामा दुई जना, मालि`कार्जुन गाउँपालिकामा दुई जना र नौगाड गाउँपालिकामा ५ जनाले बाढी र पहिरोमा परेर ज्या`न गुमाएका हुन् ।
`

Related Articles

Back to top button
Close