Educational News

भदौ २२ गतेदेखि परीक्षा सञ्चालन गर्ने भन्दै त्रिविले प्रकाशित गर्यो यस्तो महत्वपूर्ण सुचना

काठमाडौं । लकडाउले गर्दा स्थगित भएका परीक्षलाई लिएर त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण जानकारी साझा गरेको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालय, बल्खु, काठमाडौंद्धारा जारी गरिएको सुचनामा परीक्षा भदौ २२ गतेदेखि सञ्चालन गरिने जानकारी दिइएको छ । त्रिविले जारी गरेको सुचनामा भनिएको छः

” नेपाल सरकारले कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखी मिति २०७६–१२–११ गतेदेखि लागू गरेको बन्दाबन्दी (लकडाउन) मिति २०७७–०४–०६ गते मध्यरातदेखि अन्त्य गरेकाले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को मिति २०७७–०४–०६ गतेको निर्णय अनुसार विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालन लगायत नेपाल सरकारले निषेध गरेका कार्यहरुबाहेक अन्य सबै कार्यहरु सञ्चालन गर्ने गरी

विश्वविद्यालयका सबै क्याम्पस तथा विभागहरु नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा निर्देशिकालाई अवलम्बन गर्दै सुचारु भएको हुँदा यस संकाय अन्तर्गत मिति २०७६ साल चैत्र ०७ गतेदेखिका सेमेस्टर प्रणालीका स्नातकोत्तर (MA II and IV Semester) र दर्शनाचार्य (M. Phil) तहका स्थगित गरिएका सम्पूर्ण परीक्षाहरु परिस्थिति सहज हुँदै गएमा मिति २०७७ साल भदौ २२ गतेदेखि क्रमशः सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

साथै, स्नातक तहको BCA कार्यक्रम अन्तर्गत पहिलो, तेस्रो र पाँचौ सेमेस्टरका परीक्षाहरु भने २०७७ साल असोज पहिलो हप्ताबाट सञ्चालन गरिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।”

Related Articles

Back to top button
Close