Interesting

मनोकामना पूरा गर्ने गढीमाई मन्दिरको दर्शन गर्नुहोस् !

मनोकामना पूरा गर्ने गढीमाई मन्दिरको दर्शन गर्नुहोस् ! गढीमाई मन्दिरले सबैको रक्षा गरुन्, हर मनोकामना पुरा गरुन्

गढीमाई मन्दिर नारायणी अञ्चल, बारा जिल्लामा अवस्थित तराई क्षेत्रको प्रसिद्ध शक्तिपीठ हो । बारा जिल्लाको सदरमुकाम कलैया नगरपालिकाबाट झण्डै आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईको मेला हरेक पाँच पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि सुरु हुन्छ ।नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू र हजारौँ भारतीय दर्शनार्थीहरू आउने गर्छन् । बरियारपुरको खुल्ला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आर्दिवेदिक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ ।

पूर्वतिर रहेको ब्रहृमास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ ।यतिबेला गढीमाईका बहिनीहरू कटबासीमाई,ककालीमाई,मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिन्छ । गढीमाइले भक्तजनहरुको इच्छा पूरा गर्छिन् भन्ने मान्यताका साथ यहाँ दर्शन गर्नका लागि भक्तजनहरुको भीड लाग्ने गरेको छ । -धार्मिक ग्रन्थको सहयोगमा

यो पनि पढ्नुस >>>>

सिन्धुली पूर्वी पहाडी र मध्य तराईका जिल्लाबाट राजधानी काठमाडौं भित्रने बाहिरिने सबै भन्दा छोटो दूरीको बनेपा–सिन्धुली–बर्दीवास (बीपी) राजमार्गमा दैनिक पाँच हजार बढी ठूलासाना सवारी साधन आवतजावत गर्दछन्।नियमित रुपमा आवतजावत गर्ने सावरी साधनमात्र हैन यस राजमार्गमा नेपालको पूर्वी जिल्लाबाट राजधानी र राजधानीबाट पूर्वी जिल्लासम्म घुम्न निस्कनेहरूका सवारीको पनि उत्तिकै चाप हुन्छ। अन्नपुर्ण पोस्टमा राजन गाउँलेले लेखेका छन् ।

बीपी राजमार्ग अन्तर्गत रिठ्ठेभिरमा पुग्ने पुराना तथा नयाँ चालक र यात्रुका लागि भने एउटा आश्चर्य लाग्दो दृष्यले एकछिन रोक्किन बाध्य पुर्याउँछ। सडकको भित्ता खोपेर बनाइएको एउटा सानो सेतिदेविको मन्दिर र त्यसको वरीपरी भित्तै भरी झुण्डाइएका हजार बढी ऐना ।

Related Articles

Back to top button
Close