Thoughts

दुर्गेश थापालाई आस्थाको “न सुर,न ताल” भन्दै लगाइन यस्तो आरोप!(हेर्नुहोस्)

पछिल्लो समय गीत संगितको नाममा भित्रिरहेको विकृति विसंगतिप्रति गायिका आस्था राउतले असन्तुष्टि व्यक्त गरेकी छन् । सामाजिक संजालमा एक स्टाटस लेख्दै उनले दर्शकले पनि विकृति भित्राउने सिर्जनालाई प्रोत्साहन गरेको भन्दै चिन्ता व्यक्त गरेकी हुन् ।

स्पष्ट रुपमा नाम नखुलाए पनि उनको निशाना पछिल्लो समय ‘बिच्च बिच्च’ मा गीतबाट चर्चामा रहेका दुर्गेश थापाप्रति रहेको देखिन्छ । केहि दिन अघिदेखि गायक तथा मोडल दुर्गेश थापा एक टेलिभिजन अन्तर्वार्ताका कारण ट्रोलको सिकार भएका छन् ।

उक्त कार्यक्रममा गायक थापाले नारायण गोपालको गीत भन्दै भक्तराज आचार्यको गीत गाएका थिए भने रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो’ गीतलाई उनले यम बरालको भनेर गाएका थिए ।

दुर्गेशको यहि विवादित अन्तरवार्तापछि नै आस्थाले उक्त स्टाटस राखेकी हुन् । जहाँ लेखिएको छ –

नाच्ने मान्छे रहरले गाउन थाल्छ, न सुर सिकेर आउँछ न ताल आउँछ,अटो ट्युनले आजकल जो पनि गाउने,के भाको हे दैव गीतहरु सुन्नै नसक्ने ?
युटुबबाट डलर त आउला..
तर म्युजिकल ज्ञान कहाँबाट छाउला !!हेर्दैछु नेपाली गीत संगीत कहाँ जाँदै छ..के दर्शकलाई यस्तै चटक नै मन पर्दै छ ??हैट, अब के चाहिँ गर्नु !!केहि बोल्नु कि नबोल्नु ??

Related Articles

Back to top button
Close