लकडाउनमा स्थगित परीक्षा सञ्चालनको चर्चा हुँदै गर्दा त्रिविका यी तीन संकायमा डीन नियुक्त
काठमाडौं । कोरोना महामा रीका कारण रोकिएका परीक्षा सञ्चालनको चर्चा हुँदै गर्दा त्रिविका तीन संकायमा डीन नियुक्त गरिएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषदको बैठकले तीन वटा संकायमा डीन नियुक्त गरेको हो ।
परिषदको हिजो बसेको बैठकले इन्जिनियरिङ अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र संकाय र शिक्षाशास्त्र संकायमा डीन नियुक्त गरेको हो । नियुक्त हुने डीनहरुमा क्रमशः प्रा.डा. शशीधरराम जोशी, प्रा.डा. कुशुम शाक्य र प्रा.डा.चित्र बहादुर बुढाथोकी रहनु भएको छ ।
विगत तीन महिना अगाडि देखि रिक्त पदमा हिजोको बैठकले तीनै ओटा संकायमा डीन नियुक्त गर्ने निर्णय गरेको शिक्षाध्यक्ष सिवालाल भुसालले जानकारी दिनुभयो ।
कृषि तथा वनविज्ञान बाहेक सबै संकायमा डीनहरु नियुक्त भइसकेको र परिस्थिति सहज हुँदै गएका कारण अव त्रिविको प्रशासनिक तथा अन्य कार्य सम्पादनमा सहज हुने बताइएको छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!