Educational News

कोरोना भाइरस संक्र मण पुर्ण रुपमा नियन्त्रणमा आइसके पछि मात्र परीक्षा सञ्चालन गर्न माग

काठमाडौं । लकडाउनका कारण स्थगित भएका परीक्षा भाद्र पहिलो सातादेखि सञ्चालन गर्ने बताएको त्रिविलाई विद्यार्थीहरुले खबरदार गरेका छन् । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले त्रिभुवन विश्वविद्यालयलगायत विश्वविद्यालयहरूले भदौ पहिलो सातादेखि परीक्षा गर्ने गरी कार्यतालिका प्रकाशित गरेकोप्रति आपत्ति प्रकट गरेको छ ।

शनिबार नेविसंघ अध्यक्ष राजिब ढुंगानाले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस संक्रमणको नियन्त्रणमा आइनसकेको परीक्षा संचालन गर्न नहुने बताएका हुन् ।

विज्ञप्तिमा कोरोना र बाढीपहिरोलगायत समस्या रहेकोले विद्यार्थी परीक्षा केन्द्रसम्म पुग्न नसक्ने भन्दै परीक्षा कार्यतालिका फेरबदल गर्न आग्रह गरिएको छ । कोरोना संक्रमण पुर्ण रुपमा नियन्त्रणमा आइसकेपछि मात्र परीक्षा सञ्चालन गर्न भनिएको छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close