Corona (COVID-19) Updates
मास्क नलगाई हिंड्नेलाई ५० देखि एक लाख रुपैयाँसम्म जरिवाना
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट जोगिन भारतमा कडाई गरिएको छ। मास्क नलगाउनेलाई भारतीय रुपैयाँ ५० देखि एक लाखसम्मको जरिवाना तोकिएको छ। कोरोनाको संक्रमण दिनदिनै तीव्ररुपमा फैलिएपछि भारतका विभिन्न राज्यमा यस्तो जरिवाना तोकिएको हो।
मास्क नलगाई बाहिर हिंड्नेलाई बंगालमा ५० भारतीय रुपैयाँ, दिल्ली र महाराष्ट्रमा एक हजार भारतीय रुपैयाँ र झारखण्डमा एक लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ। भारतीय संचार माध्यम दैनिक भास्करका अनुसार झारखण्डमा जरिवानासँगै जेल सजायसम्म हुनसक्ने गरी आदेश जारी गरिएको छ।