News

रहेनन् चर्चित गायक सुगम पोखरेलका बुबा एकनाथ, आजै अन्त्यष्टि गरिने

काठमाडौं । चर्चित गायक तथा संगीतकार सुगम पोखरेललाई पितृशोक परेको छ । गायक पोखरेलका बुबा एकनाथ पोखरेलको निधनको खबर उनका नजिकका साथी दिपक राज पाठकले पुष्टी गरेका हुन् ।

नेपाली गीत सङगीतका धरोहर सुगम पोखरेल जस्तो गायक जन्माउने मोरङ्गका एक असल ब्याक्तित्व एक नाथ पोखरेलको शनिबार निधन भएको गीतकार दिपक राज पाठकले सामाजिक संजाल मार्फत पुष्टी गरेका हुन् ।

पारिवारिक स्रोतले ओएस नेपाललाई जानकारी दिँदै भन्यो बुबा ८० वर्षको हुनुहुन्थ्यो, गएराती स्वर्गीय हुनुभयो । आज अन्त्यष्टिको तयारी गरिएको छ । पोखरेलका पत्नि, ३ छोरा र २ छोरी छन् ।

उनका ५ सन्तानहरु नाट्यकर्मी सुनिल पोखरेल, शुशिल पोखरेल, गायक सुगम पोखरेल , सुनिता पौडेल र कविता गुरागाई हुन् ।osnepal

Related Articles

Back to top button
Close