NewsWeather Forecast

सोमबार देखि फेरि भारी बर्षा, बाढी, पहिरो र डुबानको ख`तरा

आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रि`य हुने देखि`एको मौसम`विद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

यस वर्ष नेपालमा गत जेठ ३० गते रातिबाट मन`सुन सक्रि`य भएको थियो । त्यसै दिन मुलुक`का विभि`न्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतल गायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो ।

त्यसयता पटक–पटक ठाउँ–ठाउँमा भारी वर्षा भयो । गतअसार २५ देखि २९ सम्म न्यूनचा`पीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो ।

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यून चापीय रेखा नेपाल नजि`क पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबान समेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो । सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखि`मको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अक`स्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

यस पटक आगामी सोमबार देखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावना समेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सो दिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ ।

नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेतको जोखिम रहन सक्ने जनाइएको छ । विगतको घ`टना समेतलाई मध्यन`जर गरी आवश्यक सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जान`कारी दिए ।

Related Articles

Back to top button
Close