Educational News

भदौ दोस्रो साताबाट सञ्चालन हुने व्यवस्थापन संकायको परीक्षाबारे त्रिविको जरुरी सुचना

काठमाडौं । कोरोना महामा रीपछि जारी लकडाउनका कारण स्थगित भएका परीक्षा लकडाउन खुलसँगै भाद्र महिनाको दोस्रा सातादेखि पुनः सुरु हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायले स्नातकोत्तर र स्नातक तहको स्थगित परीक्षाको बारेमा आज एक महत्वपूर्ण जानकारी साझा गरेको छ ।

सूचनामा भनिए अनुसार त्रिभुवन विश्वविद्यालयले भाद्र महिनाको दोस्रो हप्ताबाट स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने भएको छ । यस्तै, भाद्र महिनाको तेस्रो हप्ताबाट स्नातक तहको परीक्षा सञ्चालन गर्नेछ । त्रिविले यो पनि स्पष्ट पारेको छ कि परीक्षा तालिका सम्बन्धी विवरण चाँडै प्रकाशित गरिनेछ । सुचनाको पुर्ण पाठ तल हेर्नुहोस्

‘कोभिड–१९ ले सिर्जना गरेको असमान्य परिस्थितिको कारण नेपाल सरकारबाट मिति २०७६ चेत्र ०९ गतेदेखि लागु हुने गरी बन्दाबन्दी (लकडाउन) गरेकोले यस त्रिवि व्यवस्थापन संकाय डीनको कार्यालयबाट सञ्चालनमा रहेका परीक्षाहरु स्थगित गरिएको र सञ्चालन हुन बाँकी परीक्षाको पनि तालिका प्रकाशन हुन नसकेको र हाल नेपाल सरकारबाट २०७७ भाद्र १ गतेदेखि लामो दुरीको यातायात समेत्त सञ्चालन गर्ने गरी बन्दाबन्दी (लकडाउन) खुल्ला गर्ने निर्णय गरेकोले यस संकायबाट स्थगित गरिएका स्नातकोत्तर तहको परीक्षाहरुको सन्दर्भमा २०७७ भाद्र दोस्रो हप्तादेखि र स्नातक तहका प्रथम, तेस्रो, पाँचौ तथा सातौं तहका सत्रान्त परीक्षहरु भाद्र तेश्रो हप्तादेखि सञ्चालन गरिने व्यहोरा सबैका जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close