Lockdown News

कोरोना संक्रमणको जोखिमको कारण पूर्ण रुपमा लकडाउन गरिने

विराटनगर । कोरोना संक्रमणको जोखिमको कारण देखाउँदै सुनसरीको इनरुवा नगरपालिका क्षेत्रको बजार पूर्ण रुपमा लकडाउन गरिने भएको छ ।जिल्लास्थित संयुक्त कोरोना रोकथाम नियन्त्रण समिति (डीसीएमसी) ले अत्यवाश्यक सेवा बाहेक सबै क्षेत्र अर्को निर्णय नहुँदासम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

इनरुवा नगरपालिकाका मेयर राजन मेहताका अनुसार संक्रमित एक व्यक्तिको बाक्लो आउजाउ भएको पाइएकोले तत्काललाई लकडाउन गरेर कन्ट्याक्ट ट्रेसिङ, स्वाब संकलन र पीसीआर परीक्षणको काम गरिने भएको छ ।

इनरुवा घर भई मोरङमा कार्यक्षेत्र भएका व्यक्तिलाई संक्रमण देखिएको हो । उनी घर र कार्यालय आउजाउ गरिरहने भएकोले संभावित जोखिम न्यूनीकरणका लागि शुक्रबारदेखि नै सम्पर्क पहिचान गरिएको थियो ।

उनको सम्पर्कका आधारमा प्रत्येक वडाका २५ जनाको स्वाब संकलन गर्ने समेत निर्णय भएको मेयर मेहताले जानकारी दिनुभयो । स्वाब संकलन गर्दा अति भीडभाड हुने क्षेत्रका पसलका सञ्चालक तथा आउजाउ गर्नेहरुको छनौट गरिने निर्णय गरिएको छ ।

Related Articles

Back to top button
Close