Religious

रातो मच्छि`न्द्रनाथको रथा`रोहण गरिदै, २० जना मात्र सह`भागी हुन पाउने

ललितपुर । ‘वर्षा र सहकालका’ देवता रातो मच्छि`न्द्रनाथको रथारोहण शनिबार हुने भएको छ ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार नागपञ्चमीका दिन दिउँसो १२ बजेर १५ मिनेटमा शुभसाइत रहेको ठहर गरेसँगै हाल पुल्चोकमा निर्माण भइरहेको रथमा मच्छिन्द्रनाथलाई विराजमान गराउन लागिएको हो ।

रथारोहण समारो`हमा २० जना मानिस मात्र सह`भागी हुन पाउने निर्णय भएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले बताए । उनले भने, “विगतका हरेक वर्ष रथारोहणको चार दिनमा रातो मच्छि`न्द्रनाथको रथ तानेर गाःबहाल लाने परम्परा रहेको थियो । यसवर्ष कोरोना महामा`री`का कारण के गर्ने भन्ने विषयमा टुङ्गो लागी सकेको छैन ।”

रथारोहणका लागि शुक्रबार नै पुल्चोकमा ३२ हात लामो धःमा, बाराहीले आवश्यक सुनको झ्याल र रथमा चाहिने तोरन राख्ने काम सम्पन्न गरेको ७० वर्षीय ञवाल सूर्यमान डङ्गोलले बताए ।

हाल करुणामयलाई पाटनको तःबहाल पाटीमा राखिएको छ । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदा`का दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो ।

यस वर्ष कोभिड–१९ का कारण यही असार १० गतेदेखि बुँगद्यःको रथ निर्माणको काम अघि बढाएको पानेजु पूर्णराज शाक्यले बताए । यो काठमाडौँ उपत्यकाको सबै भन्दा लामो रथजात्रा हो ।

Related Articles

Back to top button
Close