Corona (COVID-19) Updates

काठमाडौंमा बढ्दैछ कोरोना भाइरसको जो खिम: चोक, पसल, होटल, क्याफे सबैतिरको भिडमा कोरोना सं’क्रमित पसे के गर्ने ?

काठमाडौं, साउन ९ । काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ ।

बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप सुरु भएको छ । अधिकांशले सुरक्षा सावधानी अपनाएको देखिँदैन । साना चिया पसलहरुमा चिया चुरोट खानेहरुको भीड पुरानै अवस्थामा फर्किसकेको छ । ठूला क्याफेहरु पनि भरिभराउ हुन थालेका छन् । अन्नपूर्ण पोस्ट्मा खबर छ ।

बिहीबार राजधानीका चाबहिल, पुतलीसडक, अनामनगरलगायतका तरकारीदेखि कपडा पसलहरुमा मानिसहरुको घुइँचो थियो ।

पसलेले एकाध पसलबाहेक अधिकांशले आउने ग्राहकको बीचमा दूरी कायम गराएका छैनन् । पसलेहरुलाई ग्राहकबीचको भौतिक दूरीभन्दा पनि व्यापारको बढी चिन्ता भएको पाइन्छ ।

धेरैले सरकारले जारी गरेको मापदण्ड पनि पूरा गरेका छैनन् । जसले गर्दा उपत्यकामा जोखिम बढ्दो देखिन्छ ।

Related Articles

Back to top button
Close