इजरायलमा ३० सेकेन्डमै कोरोना परी क्षण गर्ने यन्त्रको विकास
मिसगाभ । इजरायलको एक कम्पनीले ३० सेकेन्डमै कोरोना भाइरस परीक्षण गर्ने यन्त्र विकास गर्न लागेको छ । मानिसले मदिरा सेवन गरेको छ छैन भन्ने थाहा पाउन हाल प्रयोगमा ल्याइएका ब्रेथलाइजर मेसिन झैं यो ब्रेथलाइजर मेसिनले पनि मानिसको श्वासलाई विश्लेषण गरेर तुरुन्तै नतिजा देखाउने निर्माता कम्पनीले दाबी गरेको छ ।
यस उपकरण को प्रयोगले महामा रीको हालको अवस्थालाई सामान्यीकरण गर्न ठूलो मद्दत गर्ने विश्वास लिइएको छ ।परीक्षण किट निर्माण गरिरहेको नानोसेन्टले हाल इजरायलमा परीक्ष ण गरिएको यस मेसिनले ८५ प्रतिशत सही नतिजा दिएको जनाएको छ ।
यस उत्पादनलाई एक दुई महिना भित्रै नियामक निकाय बाट स्वीकृति लिने गरी काम भइरहेको कम्पनीले बताएको छ । प्रमुख कार्यकारी ओरेन गाभ्रिलीले ब्रेथलाइजरबाट जाँच भए पनि प्रयोग शाला परीक्षणको अलग्गै महत्व हुने बताउनुभयो ।
तर व्यापक समुदायमा परीक्षण गर्न यस मेसिनले मद्दत गर्ने भएकाले आममानिस लाई आत्मवि श्वास सिर्जना गर्ने उहाँले बताउनुभयो ।इजरायलको नानोसेन्ट कम्पनीले वर्षौं देखि औषधि विज्ञान सहित उच्चस्तरका संवे दनशील उपकरण निर्माण गरिरहेको छ ।–रासस