Lockdown News

‘सिमाना खोलौं’ : नेपाली भन्छन् ‘नेपाल-भारत सिमा अझ क डाइका साथ सिल गरौं’

नेपालगन्ज । कोरोना फैलन नदिन सरकारले गरेको लकडाउन र सिमा नाका बन्द भएका कारण भारतीय सिमावर्ती वजारको ब्यापार चौपट भएको छ । नेपाली ग्राहकको भरमा चलेको ब्यापार सिमा बन्द भएका कारण चौपट भएको हो । ब्यापार ब न्द भएका कारण आर्थिक नोक्सानी भोग्दै आएका सिमानाका ब्यापा रीहरुले सिमानामा लगाएका सिल हटाउन माग गरेका छन् ।

बाँकेको नेपालगन्ज सिमानामा रहेको भारतीय वजार रुपै डिहाको ९० प्रतिशत ब्यापार नेपाली ग्राहकले धानिदिएका छन् । कतिपय ब्यापारीहरुको नेपाल र भारत दुवै तिर पसल छन् । नेपाल भारत सीमा नाका पुर्ण रुपमा सिल भएपछि नेपाल भारत सीमा क्षेत्रको भारतीय रुपै डिहा बजार प्रभावित भएको छ ।

पूर्णरुपले नेपाली ग्रा हकको कारण चलेको सो बजारमा गत चैत ११ गतेदेखि भएको लक डाउनका कारण नेपाली ग्राहक रुपैडिहा जान नपाउदा रुपैडिहाको ब्यावसाय अत्यन्तै प्रभावित भएको हो ।

लक डाउनको बेलामा किनमे लको लागि रुपैडिहा जान नपाउने भएपछि नेपालीहरु आफ्नै ठाउँमा किनमेल गर्दै आएका छन् । नेपालगन्जको ब्यापार चल्न थालेपछि गुण स्तरीय सामान समेत पाउन थालिएको छ । यसले ब्यापारी र ग्राहक दुवै खुसी छन् ।

त्यसैले अब नेपाल भारत सिमालाई अझ बढि कडाईका साथ बन्द गर्नुपर्ने नेपालग न्जका ब्यापारीहरुले बताएका छन् । यो हाम्रो लागि राम्रो अवसर पनि हो सीमा अझै कडा पारीनु पर्छ नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना भन्छन् ।

उनले मानि सहरुमो रुपै डिहामा सस्तो सामान पाईने भ्रमका कारण जाने गरेको तर उनी पूर्ण रुपमा ठगिएर कम तौल र कम गुणस्तरको सामान लिएर आउने गरेको बताउदै सीमा क्षेत्र अझ व्यवस्थित र कडा पानुपर्र्ने बताए ।

भारतमा पुर्णरुपमा ल कडाउन खुले पनि नाकासिल भएका कारण नेपाली ग्राहक रुपैडिहा बजार नगएपछि त्यहाँको बजारमा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरु भोक म रीको अवस्थामा पुग्ने अवस्था आएको गुनासो समेत गर्न थालेका छन् ।

उत्तरप्रदेश उद्योग व्यापार मण्डल रुपैडिहाका अध्यक्ष विजय मित्तलले नाका सिल भएकै कारण रुपैडिहाको बजार प्रभावित भएको भन्दै नेपाली ग्राहक रुपैडिहा बजार आउने बाताबरण बनाईदिन आग्रह समेत गरेका छन् ।

‘समयमै नाका नखुलाय व्यापारीले आर्थिक संक टको सामना गर्नुपर्ने अवस्था आउने भएकोले छिटो भन्दा छिटो नाका खोल्न दुबै सरकारले ध्यान दिनुपर्छ’–उनले भने ।

लकडाउनको बेलामा पनि आयात निर्यात जारि रहे जस्तै ग्राहकहरुलाई पनि आउन जान दिईनुपर्ने रुपैडिहा व्यवपार मण्डलका महाम न्त्री संजय कुमार वर्माले बताए । लक डाउनका कारण महिनौ देखि बन्द भएको पसलमा राखेका जति सबै सामान विग्री सकेको किराना व्यावसायी बताउछन् ।

यस पटक आँपको राम्रो उत्पादन भएपनि ग्राहक नेपा लबाट नगएपछि आँप कौडिको भाउमा विक्रि भैरहेको व्यावसायी सोनु बताउछन् । रुपैडिहा बजार नेपाल बाट किनमेल गर्न जाने ग्राहकका भरमा चल्ने बजार हो । सदरलाइनवाट

Related Articles

Back to top button
Close