Interesting

कुखुराको भालेलाई २ लाख ५० हजार !!!

एउटा कुखुराको भालेको मुल्य दुई लाख ५० हजार रुपैयाँ भन्दा बढी पर्छ भन्ने सुन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, यो तत्य नपत्याई सुख नै छैन । हुन त यो बास्तविकता नेपालको भने होइन । समाचार माध्यममा जनाईएअनुसार, इन्डोनेसियामा एउटा भालेको मुल्य २५ हजार डलर अर्थात २ लाख ५० हजार नेपाली भन्दा बढी परेको हो ।

जुन भालेको ब्ल्याक ककपोड सिम्यानी जातको हो । जसको बाहिरी रंग मात्रै होइन मासु र हड्डी समेत कालो हुन्छ । यो दुर्लभ प्रजातिको भाले हो । इण्डोनेसियामा पहिलो पटक पाइएको यो कुखुरा १९८८ पछि भने युरोपमा समेत उत्पादन गरिएको थियो ।

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा
डडेल्धुरा- डडेल्धुरामा तेस्रोपटक परेको हिमपातका कारण अवरुद्ध भएको भीमदत्त राजमार्ग १२ घण्टापछि सञ्चालनमा आएको छ ।बुधबार साँझदेखि अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने मुख्य भीमदत्त राजमार्ग विहीबार अबेरदेखि सञ्चालनमा आएको हो ।

बुधबार राति २ बजेबाट परेको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध हुँदा यहाँका सात पहाडी जिल्ला डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा र डोटीलगायतका जिल्लाको यातायात सेवा पूर्णरूपमा ठप्प भएको थियो भने सयौँ यात्रु अलपत्रमा परेका थिए ।

सडक डिभिजन कार्यालय, अमरगढी नगरपालिका, आलिताल, अजयमेरु र गन्यापधुरा गाउँपालिकाको डोजर, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा करीब चार घण्टा लगाएर राजमार्गका सडकमा रहेको हिउँ हटाइएपछि एकतर्फीरूपमा यातायात सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

Related Articles

Back to top button
Close