काठमाडौं ०८ साउन / नायिका एलिजा गौतम पुगेर केहि दिन देखि पीडाको चपेटामा परेका बिक्रम सुनार बस्ने ठाउँ पुगी केहि सहयोग गरेकी छिन।
केहि दिन अगाडी अबस्था नाजुक छ भन्ने समचार आए संगै एलिजा गौतम उक्त ठाउँ पुगेर सहयोग गरेकी हुन्।केहि समय देखि समाजसेवामा पनि तल्लिन एलिजाले बिक्रम र मनुलाई भेटेर अबस्था बुझ्दै सहयोग गरेकी हुन्।
मनुले रुदै भनिन ‘भगवान आफ्नै अगाडी आए जस्तै भयो,औषधि किन्ने पैसा समेत थिएन केहि दिनको लागि भए नि औषधि किन्ने पैसा भयो’।एता एलिजा भाबुक हुदै भनिन ‘सधै साथ् दिने छु अप्ठ्यारो परे भन्नु’।
दर्शकलाई सहयोग माग्दै एलिजाले एक एक रुपया भएनी आफ्नो तर्फबाट जोडिन अनुरोध गरेकी छिन।एता मनु र विक्रमलाई ऋण लिएको ठाउँ बाट दैनिक तनाब दिएको समेत खुलेको छ।दैनिक पैसा मागेपछि उनीहरुलाई झन् समस्या बढेको रहेछ ।“>भिडियो हेर्न यहाँ थिच्नुहोस् ।