Lockdown News

लकडाउन खुलेकै दिन १६ आन्तरिक उडान

काठमाडौं। त्रिभुवन अन्‍तर्राष्‍ट्रिय विमान स्थलमा हिजो एकैदिन १६ वटा आन्तरिक उडान भएका छन्।लकडाउन शुरू भएयताकै यो सबैभन्दा बढी चार्टर्ड उडान हो। यसअघि असारको दोस्रो साता दैनिक १० देखि १४ वटासम्म आन्तरिक उडान भएका थिए।

हिजो यती एअरलाइन्सले पोखराबाट सबैभन्दा बढी ५२ यात्रु काठ माडौं ल्याएको थियो भने सीता एअरले सुर्खेतमा १६ यात्रु लगेको छ।

सिम्रिक एअर, कैलाश एअर, मनाङ एअर, एअर डाइने ष्टिको हेलि कप्टरले विभिन्न गन्तब्यमा उपचारका लागि उद्धार उडान गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

सरकारले गत ११ चैत बाट देश भर लागू गरेको बन्दा बन्दी हिजो राति देखि पूर्ण रूपमा हटा उने निर्ण य गरेको थियो । आन्त रिक तथा अन्तर्रा ष्‍ट्रिय उडान भने १ भदौदेखि सञ्चालन गर्ने निर्णय गरि सकिएको छ। रासस

Related Articles

Back to top button
Close