News

राजेश हमाललाई पारिवारिक शोक, भाइ राकेशको नि’धन

७ साउन, काठमाडौं । अभिनेता राजेश हमाल लाई पारिवारिक शो’क परेको छ । उनका एक मात्र भाइ राकेश हमालको नयाँ दिल्लीमा उपचारको क्रममा नि’धन भएको हो । कलेजोको समस्याका कारण केही दिन अघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो । त्यहाँको ह्याम्स अस्पतालमा उपचारका नि’धन भएको पारिवारिक स्रोतले बतायो ।

राकेशका श्रीमती र दुई छोरा छोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदी बहिनी छन् । राजेश र भाइको उमेरमा करिब डेढ वर्षको अन्तर छ । राकेश चलचित्र क्षेत्र भन्दा बाहिर थिए । राजेश अहिले काठमाडौंमा नै छन् । राकेशको शवलाई दिल्लीबाट ल्याउने विषयमा छलफल भइरहेको बुझिएको छ ।

हमालका भाइ राकेश हमाललाई केही दिन अघि कलेजोको उपचार गर्न दिल्ली पुर्‍याइएको थियो । राजेश हमाल आफ्नो भाइको परिवार सँगै काठमाडौंमा एउटै घरमा बस्दै आएका छन् । राजेश भन्दा डेढ वर्ष कान्छा राकेश चल चित्रमा भने क्रिया शील थिएनन् ।

Related Articles

Back to top button
Close