विद्यालय भदौ १ गतेदेखि खुल्ने निर्णय
काठमाडौं । कोरोना भाइरस सं`क्रमण र लकडाउनको कारण बन्द रहेका शिक्षण संस्था आउँदो भदौदेखि खुल्ने भएको छ । सरकारले विद्यालय भदौ १ देखि संचालन गर्ने निर्णय गरेको छ ।
विद्यार्थी भर्ना, परीक्षाफल प्रकाशनका काम भदौ १ गतेबाट गर्न सकिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ मन्त्री डा.युवराज खतिवडाले जानकारी गराउनुभएको छ । सरकारले लकडाउन मंगलबार रातिदेखि नै हटाए पनि कोरोना जोखिमको कारण शिक्षण संस्था अझै केही साता बन्द नै राख्ने निर्णय गरेको हो ।
अर्थमन्त्रीले नागरिकमा परेको मनो वैज्ञानिक त्रास कम गर्न लक डाउन खुला गर्ने निर्णय भएको बताउनुभयो । लक`डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उहाँले बताउनुभयो । ‘सरकारले आज राति बाट लकडाउन खुला गर्ने निर्णय गरेको छ’ उहाँले भन्नुभयो, ‘लक`डाउन खुला गरेपनि शैक्षिक संस्था, धार्मिक तथा सामाजिक स्थल, टिउसन सेन्टर, सिनेमा हल, डान्सबार, सैलुन व्युटि पार्लर स्वीमिङ पुल लगायतका क्षेत्र अर्को निर्णय नभएसम्मका लागि बन्द नै रहनेछ ।’
सरकारले साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धी कार्यालय खुला गर्ने निर्णय गरेको छ । सेमिनार र भेला भने गर्न नपाइने उहाँले बताउनुभयो । सरकारले भदौ १ गतेबाट लामो दूरीका सवारी साधन तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय हवाई उडान पनि सञ्चालन गर्ने निर्णय गरेको छ । त्यसका लागि स्वास्थ्य मन्त्रालयले तोकेका आवश्यक सुरक्षाका उपाय अपनाउन सरकारले सबैमा आग्रह गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा नाकाको हकमा साउन ३२ गते सम्म आवतजावत बन्द गरिएको अर्थमन्त्रीले बताउनुभएको छ । स्वदेश आउनै पर्ने नागरिकको हकमा तोकिएका सीमा विन्दुबाट आउन पाइने तर लुकीछिपी आएको खण्डमा कानुन अनुसार कारबाही हुने उहाँको भनाई छ ।