Corona (COVID-19) Updates

खुशिको खबर्: आज एकैदिन ६०९ जना निको भएर घर फर्किए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप एक सय ५० जनामा कोरोना देखिएको हो ।

यो सँगै नेपालमा कोरोना भाइरस संक्र मितको संख्या १७ हजार ९ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । मंगलबार एकैदिन ६ सय ९ जनाले कोरोना भाइरस जितेका छन् । यो सँगै नेपालमा कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या १२ हजा चार सय ७७ पुगेको छ ।

देशमा हाल सक्रिय संक्र मितको सं ख्या पाँच हजार चार सय ७७ छ । हाल देशभरका सात जिल्ला कोरोनामूक्त भएका छन् । काेराेना संक्रमणबाट हालसम्म नेपालमा ४० जनाकाे मृ त्यु भइसकेकाे छ ।

प्रवक्ता गौतमले नेपालमा कोरोना संक्र मणको जोखिम कम भएका कारण सरकारले भदौ १ गतेबाट हवाई उडान सुचारु गर्ने निर्णय नगरेको बताउनुभएकाे छ । हवाई माध्यमबाट हुने व्यापार व्यवसायको असरलाई ध्यानमा राख्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु भएको उहाँले बताउनुभएकाे हाे ।

नियमित उडान बन्द भएकाले स्वदेशबाट विदेश जान तथा विदेशबाट फर्किन समस्या भएकाले त्यसको सहजिकरणका लागि सरकारले हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको बताउनुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेबाट हवाई उडान खुल्ला गर्ने निर्णय गरेको थियो ।

Related Articles

Back to top button
Close