Lockdown News
नेपालमा लकडाउन अन्त्य भयो – प्रवक्ता डा. खतिवडा
काठमाडौं । सरकारले कोरोना महा मा री रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन श्रावण ६ गते मंगलबार (आज) रातिदेखि अन्त्य भएको जानकारी दिएका हुन् ।
मन्त्री खतिवडाले अब लकडाउन अन्त्य भयो र यसको मनोवैज्ञानिक रुपमा लकडाउनका असर रहेकाएल अब त्यो अन्त्य भएको बताए ।साथै उनले स्वास्थ्यका मापदण्डको भने पालना गर्नुपर्ने बताए ।