News

चितवनमा स्क्र`ब टाइफस`बाट एक जनाको मृ`त्यु

चितवन- भरतपुर अस्पतालमा उपचाररत् स्क्रब टाइफ`सका एक विरामीको मृ`त्यु भएको छ । मृ`त्यु हुनेमा भ`रतपुर महानगरपालिका–१ ठिमुराका ३२ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधि`कारी लिलाधर पौडेलका अनुसार गत असार २९ गते उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । ज्वरोसँगै स्वासप्रश्वास, मुटु र कलेजोमा समस्या देखिएका उनको आज बिहान मृ`त्यु भएको सू`चना अधिकारी पौडेलले जानकारी दिनुभयो । जिल्लाको एक मेडिकल कलेजमा उपचार गरिरहेका ती विरामीको खर्चको अभाव भएपछि भरतपुर अस्पताल ल्याइएको बताइएको छ ।

उहाँका अनुसार मृ`त्युको कारणमा स्क्रब टाइफसलगायत अन्य समस्या उल्लेख गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले गत आवमा डेङ्गुबाट मृत्यु भएका तीन जनामध्ये एक जनामा स्क्रब टाइफस पनि देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार मुसाको जुम्राले टोकेर `स्क्रब टाइफस रोग लाग्छ ।

मुसाको जुम्रा झा`रमा झर्ने र त्यसबाट मानिसमा टाँसिएर यसले टोक्छ । चिकि`त्सकका अनुसार स्क्रब टाइफस रोग लागेमा १०४ डिग्री ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने, शरी`रका विभिन्न अङ्ग दुख्ने लक्षण देखिन्छ । मु`ख्य गरी मुसाको नियन्त्रण गर्ने तथा झारका काम गर्दा सावधानी अपनाउनुपर्छ ।osnepal

Related Articles

Back to top button
Close