News

काठमाडौंमा पनि पस्यो खतरा ! ‘हाई अलर्ट रहनु’ भन्दै यस्तो सूचना जारी गरियो

काठमाडौंमा पनि बाढी र डुवानको खतरा रहेकाले सतर्क रहनु भन्दै सुचना जारी गरिएको छ । पछिल्लो ६ घण्टाको मापनले काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको देखाएको छ। जसले गर्दा उपत्यकाका सबैजसो नदीका बाढी बस्तीमा पस्ने खतरा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले मंगलवार विहान करिब ११ वजे ट्विटरमार्फत दिएको सूचनाअनुसार मनोहरा, हुनमन्ते, नख्खुलगायत ललितपुर र भक्तपुर भई बहने प्रायः सबै नदीमा बाढीले खतरा तह आसपास पुगेको छ। तसर्थ नदीरनालाको पानी सडक र बस्तीसम्म आउन सक्छ, बेलुकासम्मै उच्च सतर्क रहन अनुरोध गरिएको छ।

यो अर्को समाचार, मुलुकभरी कहाँ कहाँ छ खतरा ?
काठमाडौं । दुई दिनदेखिको अविरल वर्षाका कारण उपत्यकालगायत मुलुकका अधिकांश भेगको जनजीवन प्रभावित भएको छ । ठाउँठाउँमा बाढीपहिरो गएको छ भने विभिन्न राजमार्ग अवरुद्ध हुन पुगेको छ । अहिले पनि भारी वर्षा जारी रहेकाले जोखिम उच्च हुँदा उचित सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि नै नारायणी नदी र कोशी नदीले खतराको तह पार गरेको छ । ठाउँठाउँमा डुबान शुरु भइसकेको छ । बाढी मापन केन्द्र देवघाटका अनुसार नारायणीको खतराको तह आठ मिटरको हो । बिहान ९ बजे नारायणी नदी ९ दशमलव ९ मिटरमा पुगेको छ । यस्तै कोशीको खतरा तह ११ मिटर रहेकामा अहिले नाघेर ११ दशमलव ९७ मिटरमा पुगेको छ । नदीको बहाव अझै बढ्दो क्रममा रहेको छ । नारायणीका कारण सुस्तालगायत आसपास तल्लो र नदी तटीय क्षेत्र डुबानको उच्च जोखिममा रहेको बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिष्ट सुनिल पोखरेलले जानकारी दिनुभयो ।

Related Articles

Back to top button
Close