Religious

स्वस्थानी व्रत सुरु हुदै , यस्तो छ स्वस्थानी माधवनारायण व्रतका केही नियमहरु !!

सनातनदेखि चलिआएको यस व्रतका नियमहरु यसप्रकार छन्–
१. सम्पूर्ण व्रतालुको हकमा छुन नहुने विषयहरु ः

  • नुन, माछा, मासु, मरमसला (नाम समेत लिन नहुने)
  • अन्य पशुपंक्षी तथा जनावरहरु (नाम समेत लिन नहुने)
  • जुत्ता, मोजा, मगन्तेहरु, रजस्वला भएकी महिलाहरु तथा अछुतहरु ।
  • जुत्ता, चप्पल लगाएका कोहीपनि मान्छेसँग भेटघाट गर्दा नछोईकन कुराकानी गर्ने ।
  • दुध र पानी बाहेक अन्य कुनै किसिमका पेय पदार्थ सेवन गर्न नहुने ।

२. सम्पूर्ण व्रतालुको हकमा भोजन गर्न हुने वस्तुहरु ः

  •  दुध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गो । भिमा एकादशीको िदनमा दुई पटक व्रत वसिसकेपछि त्यो एक दिन फलाहार गर्ने
    (फलफूल मात्र खाने(सुन्तला, उखु, तरुल, पिँडालु तथा दुध मात्र ।

३. सम्पूर्ण व्रतालुहरुले भोजन छोड्नुपर्ने अवस्था

  •  भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा अन्य भोजन गर्न बर्जित गरिएका वस्तुहरु आएमा भोजन छोड्नुपर्दछ । यस्तो अवस्थाको लागि पहिल्यै चिउरा, चाकु, घ्यु आदि नजिकै आफूले भ्याउने ठाउँमा राख्ने र अर्कै थालमा बसेको स्थानबाट नउठीकन लिएर खान सकिने छ ।
  •  फाटेको दुध सेवन गर्नु हुँदैन ।
  •  भोजन गर्दागर्दै बीचमा उठ्नु हुँदैन । यदि उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छोड्नुपर्ने हुन्छ र उठिसकेपछि फेरि भोजन गर्नु हुँदैन ।
  •  भोजन पकाउँदा र भोजन गर्दा व्रत नबसेका मानिसहरुले नछुने ठाउँमा बस्ने ।

४. दैनिक व्रत बसिसकेपछि शंखरापुर (साँखु) नगर परिक्रमा गर्ने क्रममा सहस्रधारामा जलसेचन गरिसकेपछि मात्र फेरि चोखो पानी ल्याएर भोजन तयार पारी भोजन गर्ने र सोही दिन भोजन पश्चात् जुठो भाँडा माझ्नुपर्ने ।

५. व्रतालुहरुले केही गर्न नहुने तथा बार्न नहुने विषयहरु ः

  •  गाडी चढ्न नहुने, विरामी भएमा औषधी सेवन गर्न नहुने ।
  •  आफन्तको जुठो, सुतक बार्न नहुने ।
  • साबुन तथा अन्य कुनै पनि वस्तुहरु छुन तथा प्रयोग गरि नुहाई धुवाई गर्न नहुने ।
  • गोल तथा अन्य दन्तमञ्जनहरु प्रयोग गर्न नहुने ।
  •  सम्पूर्ण व्रतालुहरुले उपरखुट्टी लगाएर बस्न नहुने साथै मेचमा र खाटमा बस्न नहुने ।
  • व्रतालुहरुले खुट्टामा लगाउने कुनै पनि गहना लगाउन नहुने ।

Related Articles

Back to top button
Close